काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा जारी द्वन्द्वका बेला अमेरिकालाई सहयोग नगर्ने देशहरूले युद्धपछि क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले द्वन्द्व सकिएपछि ती देशबाट अमेरिकाले क्षतिपूर्ति असुल गर्ने चेतावनी दिएका हुन् ।
उनले अमेरिकाले लामो समयदेखि आफ्ना नागरिकको भन्दा अन्य देशको हित र सुरक्षाका लागि बढी काम गर्दै आएको दाबी गरे । अप्ठ्यारो अवस्थामा अन्य देशले अमेरिकालाई सहयोग नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
विश्वव्यापी ऊर्जा आपूर्ति र ढुवानीका लागि महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्यमा तेलको प्रवाह जारी रहेको उल्लेख गर्दै ट्रम्पले सहयोग नगर्ने देशप्रति कडा रोष प्रकट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया