प्रत्येक दुई घण्टामा ३० मिनेट मात्रै खुल्छ नारायणगढ-मुग्लिन सडकखण्ड

लोकपथ
0
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक मर्मत कार्य जारी रहेकाले दुई घण्टाको अन्तरमा ३० मिनेट मात्रै यातायात सञ्चालन भइरहेको छ ।

सडक मर्मतका लागि बिहान ८ः३० बजेदेखि दुई घण्टाको अन्तरमा ३० मिनेट सवारीसाधन सञ्चालन गर्न दिइएको हो । बाँकी समयमा सडक मर्मत हुने भएकाले यातायात आवागमन रोकिएको छ ।

सडकखण्डअन्तर्गत तुइन खोलामा मर्मत कार्य भइरहेको छ । मर्मतका कारण शान्ति बजार क्षेत्रमा सवारीसाधन रोकिएका छन् ।

भदौ १० गते आएको बाढीका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा क्षति पुगेपछि मर्मत कार्य भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?