ग्लोबल आइएमई बैंकले १० प्रतिशत लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बोलायो

लोकपथ
91
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न २०औँ वार्षिक साधारणसभा बोलाएको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने भएको हो । नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समेटिएको बैंकले जनाएको छ ।

बैंकको साधारणसभा असोज १६ गते शुक्रबार बिहान ९ बजे नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा बस्नेछ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते एक दिन बुकक्लोज गर्ने भएको छ । त्यसअनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्नेछन् । असोज ५ गते बुकक्लोजपछि शेयर खरिद गर्ने लगानीकर्ताले भने उक्त लाभांश पाउने छैनन् ।

साधारणसभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्ताव सभामा पेस हुनेछन् ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नुका साथै बैंकको नियमित सञ्चालनसँग सम्बन्धित अन्य आवश्यक प्रस्तावसमेत पारित गर्ने बैंकले जनाएको छ ।

साधारणसभाबाट लाभांश प्रस्ताव पारित भएपछि नियामकीय प्रक्रिया पूरा गरी बोनस शेयर तथा नगद लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?