जानकी र सिन्धु विकास बैंक प्राप्तिका लागि मुक्तिनाथले गर्‍यो सम्झौता

लोकपथ
56
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ ।

यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता (एमओयू) मा हस्ताक्षर भएको छ । सम्झौतामा तीनवटै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

वित्तीय क्षेत्रलाई थप मजबुत बनाउने, संस्थाको क्षमता बढाउने, व्यवसाय विस्तार गर्ने र ग्राहकलाई अझ राम्रो वित्तीय सेवा दिने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको हो ।

सम्झौतापछि तीनवटै संस्थाको सम्पत्ति तथा दायित्वको अध्ययन, मूल्याङ्कन र ड्यु डिलिजेन्सलगायत आवश्यक प्रक्रिया अघि बढाइनेछ । साथै, शेयर आदानप्रदानसम्बन्धी प्रक्रिया पनि तय गरिनेछ ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र प्रचलित कानुनअनुसारका सबै प्रक्रिया पूरा भएपछि मात्रै यो प्राप्ति अन्तिम रूपमा कार्यान्वयन हुनेछ । तीनवटै संस्थाले प्रक्रिया पारदर्शी र कानुनी रूपमा अघि बढाउने तथा सबै सरोकारवालाको हितलाई प्राथमिकता दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?