काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदी थुनिएपछि नदी तटीय क्षेत्रमा अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार चौलानी नदीमा माथिबाट आएको पहिरोले थुनिएको र हाल पहिरो आउने क्रम जारी नै रहेको छ ।
नदी पूरै थुनिन सक्ने सम्भावना रहेको भन्दै जोखिमबाट बच्न नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह जिप्रकाले गरेको छ ।
विपद्सँग सम्बन्धित जानकारी लिन ११५५, विपद्मा मद्दत माग्न १२३४ र नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरीको १११४ हटलाइन नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया