काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म १२ सय २७ बढीको शव फेला परेको छ ।
पहिचान हुन नसकेका शवको विभिन्न स्थानमा तत्कालका लागि व्यवस्थापन गरिएको छ । यद्यपि आशंका लागि परिवारको डीएनए परीक्षण गर्ने र म्याच भएमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिने सरकारको तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाले हराइरहेका परिवार वा आफन्तहरुको शवको कुनै भाग पहिचान भइ डीएनए मार्फत एकिन गर्न भनिएमा विभिन्न डकुमेन्टसहित उपस्थित हुन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवामा भएका शवको सन्दर्भमा शवबारे एकिन गर्न परिवारका सदस्यहरुले सम्पर्क गर्न सक्नेछन् ।
त्यसका लागि सबैभन्दा नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरीमध्ये मध्ये कोही वा निजहरु नभएको अवस्थामा दाजु, भाई, दिदीबहिनी मध्ये एकजनाको फ्रेस ब्लड संकलनका लागि २ प्रति पासपोर्ट साइजको फोटोसहित जिल्ला अस्पताल धुन्चे वा जिल्ला प्रहरी कार्यालय धुन्चेमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
यसैगरी विदेशी नागरिकका हकमा बाबुआमा, छोराछोरीमध्ये कोही एकजनाको विदेशमा नै डीएनए प्रुफिङ गरी तुलनाका लागि डीएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन भनिएको छ ।
यसैगरी आवश्यक कागजातका सन्दर्भमा सम्भव भएसम्म हराएका व्यक्ति र डीएनए परीक्षण गर्ने व्यक्ति, पासपोर्ट साइजको दुई प्रति फोटो र परिचय खुल्ने कागजातको प्रतिलिपिसहित सम्पर्क गर्न आग्रह गरिएको छ । जसमा नागरिकता वा राष्ट्रिय परिचयपत्र वा राहदानीको प्रतिलिपि आवश्यक पर्ने जिल्ला प्रहरी कार्यालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया