काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडकखण्ड भासिएपछि नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको छ ।
गत भदौ १० गते आएको बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि उक्त क्षेत्रमा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो । सडक भत्किएपछि यातायात सञ्चालनमा अवरोध पुग्नुका साथै आवागमनसमेत ठप्प भएको थियो ।
अहिले सडक विभाग र सम्बन्धित निकायको पहलमा भत्किएको सडकखण्डलाई पुनः जोड्न नयाँ ट्रयाक खोल्ने काम तीव्र पारिएको छ । नयाँ मार्ग तयार गरी पृथ्वीराजमार्गलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
यसैबीच, भदौ १० गते त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका करिब १ हजार २ सय जनाको शव फेला परेको जनाइएको छ । बाढीपछि ४ हजारभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया