प्रतिनिधि सभा बैठकमै ढले सांसद भरत खड्का, वीर अस्पताल लगियो

लोकपथ
1.2k
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठक चलिरहेका बेला नेपाली कांग्रेसका सांसद भरत खड्का एकाएक ढलेका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफ्नै कुर्सीबाट ढलेका हुन् ।

उनी ढलेपछि संसद् सचिवालयको स्वास्थ्य इकाइमा लगेर सामान्य उपचार गरिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

खड्काको ब्लड प्रेसर कम भएका कारण उनी एकाएक ढलेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?