काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाएका हुन् ।
सम्बोधनका क्रममा दाहालले प्रधानमन्त्री सबैको साझा हुनुपर्ने उल्लेख गर्दै संसद्मा प्रश्तुत हुँदा अन्य सदस्यहरूको अस्तित्वलाई स्वीकार नगर्नु लोकतान्त्रिक पद्धतिअनुरूप नभएको टिप्पणी गरेका हुन् ।
विपक्षी दलहरूले सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि प्रधानमन्त्रीले परामर्श र संवादमा रुचि नदेखाएको दाहालको भनाइ छ ।
उनले भने, ‘प्रधानमन्त्री आउनुहुन्छ र कसैको अनुहार नहेरी जानुहुन्छ, यो कस्तो खालको कार्यशैली हो रु हामी सबैले सहयोग गर्छौं भनिरहेका छौँ, तर प्रधानमन्त्रीले कसैको अनुहारसम्म हेर्नु नपर्ने सोच राख्नु उचित होइन । यो तरिकाले अगाडि बढ्न सकिँदैन ।’
दाहालले प्रधानमन्त्रीलाई प्राप्त वर्तमान अवसर ऐतिहासिक भएको स्मरण गराउँदै यसलाई खेर जान नदिन समेत आग्रह गरेका छन् ।
उनले प्रधानमन्त्रीलाई सबै पक्षलाई समेटेर र जिम्मेवार भएर अघि बढ्न सझाव दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया