काठमाडौं । गत भदौ १० को रसुवागढी बाढीपछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसदलाई सम्बोधन गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले सरकारले राहत र उद्धारका लागि गरेका कामबारे ब्रिफिङ गरे ।
सो दिन बिहान ९ बजे नै सरकारको तर्फबाट तल्लो तटीय क्षेत्रका नागरिकलाई सम्बन्धित स्थानमा जानका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् जानकारी गराइएको प्रधानमन्त्रीको दाबी रहेको छ ।
‘बिहान ९ः०० बजे, तटीय क्षेत्रका बस्तीका नागरिकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमार्फत सुरक्षित स्थानमा जान आग्रह गरियो,’ उनले भनेका छन् ।
यसैगरी बिहान ९ः४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि पहिलोपटक उडेको उनको दाबी रहेको छ । यसैगरी तत्कालै निजी क्षेत्रका हेलिकप्टरहरुलाई समेत उद्धारमा खट्नका लागि स्ट्यानबाइ राखिएको प्रधानमन्त्री बालेनले बताए ।
‘बिहान ९ः४५ बजे, नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो । त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो । तुरुन्तै निजी हेलिकप्टरलाई स्ट्याण्डबाई राख्यौँ,’ उनले भने ।
यस्तो छ पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया