टनेलमा फसेकाको तत्काल उद्धार नहुने, बालेनले भने- ‘मौसमले साथ दिएपछि गरौँला’

लोकपथ
658
Shares

काठमाडौं । रसुवागढी बाढीपछि विभिन्न जलविद्युत आयोजनामा फसेकाहरुको उद्धारमा तत्कालका लागि सरकारले हात झिकेको छ ।

बुधबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अप्ठेरो अवस्था रहेका कारण अहिले उद्धार गर्न नसकिने प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले बताए ।

हिलो बाढी पसेको टनेलबाट उद्धार गर्ने एक्सपर्टहरु विश्वमा नै कही नभएको समेत बालेनको दाबी रहेको छ । साथै अन्य देशमा पहिरो गएर थुनिएको टनेल भन्दा हाम्रो देशमा बाढी र हिलो पसेका कारण यो विशेष परिस्थिति रहेको उनको दाबी छ ।

‘विश्वभरी टनेलमा विपद आउँदाखेरी विश्वभरी पाइने एक्स्पर्टहरु चाँही टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सर्टटिज चाँही विश्वभरी नै रहेको छ । तर यो चाँही फरक किसिमको किन हो भन्दाखेरी यो पहिरोले प्रभावित भएको वा पहिरोले थुनिएको टनेल होइन यो बाढी भित्र पसेर बाढी सँगसँगै हिलो माटोहरुले पूरै कम्प्लिटल्टी थूनिएको टनेलहरु हुन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्स्पर्टिज कुनै देशसँग पनि थिएन, हामीसँग पनि छैन । एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी कोहीसँग पनि छैन,’ प्रधानमन्त्री बालेनले भने ।

यसैगरी उनले तत्काल मौसम, त्यहाँको हिलो र प्रविधिका कारण टनेलभित्र फसेकाहरुको उद्धार गर्न नसकिएको तर्क गरे ।

‘विभिन्न राष्ट्रहरुमा जति उद्धार भएका थिए, यो एकदमै विल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पायक पर्छ, जुन बेला मौसमले साथ दिन्छ, जतिबेला हिलो थोरै सुक्छ, जतिबेला त्यहाँनेर अडिने ठाउँ हुन्छ, र मान्छेहरु पस्न सक्ने र त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरु हुन्छ, त्यो बेला मात्र गर्न सकिन्छ,’ उनले भनेका छन् ।

टनेलको उद्धारबारे बालेनले संसदमा भनेका छन् :

अहिले टनेलमा फस्नुभएको विषयमा पनि धेरै चर्चा आएको हुँदाखेरी यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ । विश्वभरी टनेलमा विपद आउँदाखेरी विश्वभरी पाइने एक्स्पर्टहरु चाँही टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सर्टटिज चाँही विश्वभरी नै रहेको छ । तर यो चाँही फरक किसिमको किन हो भन्दाखेरी यो पहिरोले प्रभावित भएको वा पहिरोले थुनिएको टनेल होइन यो बाढी भित्र पसेर बाढी सँगसँगै हिलो माटोहरुले पूरै कम्प्लिटल्टी थूनिएको टनेलहरु हुन् । यससम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्स्पर्टिज कुनै देशसँग पनि थिएन, हामीसँग पनि छैन । एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी कोहीसँग पनि छैन, विभिन्न राष्ट्रहरुमा जति उद्धार भएका थिए, यो एकदमै विल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पायक पर्छ, जुन बेला मौसमले साथ दिन्छ, जतिबेला हिलो थोरै सुक्छ, जतिबेला त्यहाँनेर अडिने ठाउँ हुन्छ, र मान्छेहरु पस्न सक्ने र त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरु हुन्छ, त्यो बेला मात्र गर्न सकिन्छ, र एउटा टनेलमा एकैपटक चार पाँच वटा २० वटा एक्साभेटर किन लाइएन भन्ने जस्तो पनि कुरा आएको थियो । एउटा टनेलमा एउटा दुई वटा भन्दा धेरै एक्साभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ, त्यो सीमा भन्दा बाहिर गएर, एकैचोटी बाहिरतिर एक्साभेटर लगाएर पनि गर्न सकिने थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?