काठमाडौं । गृहमन्त्री सुधन गुरुङले रसुवागढी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको टनेलबाट उद्धारका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको दाबी गरेका छन् ।
मंगलबार विपद्पछिको अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलानमा गृहमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
विभिन्न टनेलभित्र फसेकाहरु अझै पनि जिवीतै उद्धार गर्ने प्रयासमा आफूहरु रहेको बताए । टनेलभित्र पानी र अन्य कुरा रहेको हुनसक्ने बताउँदै उनले टनेलभित्र भएका मान्छेहरु सर्भाइभ गरिरहेका हुनसक्ने बताए ।
‘मान्छेको जीवन रक्षा उहाँहरुको इच्छाशक्तिमा पनि भर पर्छ । टनेलभित्र रहनुभएका मान्छेहरुले भित्र केही लिकेज र पानीहरु पनि पिइरहनुभएको होला,’ गृहमन्त्री गुरुङले भने ।
पत्रकार सम्मेलनमा गृहमन्त्री गुरुङले आफूहरुले विभिन्न पक्षसँग समन्वय गरेर काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया