काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र जापानकी प्रधानमन्त्री साने ताकाइचीबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।
भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेपछि जापानकी प्रधानमन्त्री ताकाइचीले मंगलबार प्रधानमन्त्री बालेनलाई फोन गरेकी हुन् ।
‘प्रधानमन्त्रीज्यू समग्र प्रतिकार्यको अनुगमन र पर्यवेक्षणमा निरन्तर खटिनुभएको छ । उहाँलाई भर्खरै जापानका प्रधानमन्त्रीज्यूबाट टेलिफोन कल प्राप्त भएको थियो,परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।
नेपालमा बाढी आएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेनलाई टेलिफोन गरी दुःख व्यक्त गरेका थिए । त्यस्तै पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि प्रधानमन्त्री बालेनसँग फोनवार्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया