ठाकुर र महतोले किन जिल्ला छाडे ?

काठमाडौँ, २६ कात्तिक- राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतो भने जिल्ला छाडेर अन्यत्रै गएका छन् । किन ?‘यो मधेस आन्दोलनको माग हो,’ धनुषा ३ बाट उठेका महतोले भने, ‘मधेस आन्दोलन कुनै एक जिल्लामा होइन, सिंगै मधेसमा फैलिएको छ । त्यसैले आन्दोलनको प्रभावकारिताका लागि कार्यकर्ताको मागअनुसार हामी दुई जना अन्य जिल्लामा गएका हौं । मेरो भागमा धनुषा पर्‍यो, ठाकुरजीको महोत्तरी ।’ जिल्लाका राजनीतिक विश्लेषकहरू भने सर्लाहीको राजनीतिक अवस्था अलि असहज भएपछि उनीहरूले जिल्ला छाड्नु परेको टिप्पणी गर्छन्, कान्तिपुरमा खबर छ   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?