रसुवा बाढीबाट प्रभावित ३८ देशका विदेशी नागरिकको विवरण संकलन हुँदै

लोकपथ
42
Shares

काठमाडौं । सरकारले रसुवा बाढीबाट प्रभावित भएका ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ ।

सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरेर विदेशी नागरिकको तथ्यांक अद्यावधिक भइरहेको जानकारी दिए ।

उनका अनुसार सरकारले बाढीपछि उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोग मागेको छ । विशेषगरी सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली आवश्यक रहेको उनले बताए ।

त्यस्तै, पुरिएका शव खोज्न आधुनिक प्रविधि, शव सुरक्षित राख्न थप फ्रिजर, मृतकको पहिचानका लागि फरेन्सिक सहयोग तथा डीएनए परीक्षणका उपकरण र किट्स आवश्यक रहेको उनले बताए ।

केही फ्रिजर प्राप्त भइसकेको र थप केही आउने क्रममा रहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

राहत वितरणका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको पनि उनले बताए। दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ पूरा भएपछि मात्रै थप सहयोगको योजना बनाइने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?