बाढीले विद्यालयको सबै संरचना ध्वस्त : भौतिक रुपमा जोगिएको बस पनि तोडफोड

लोकपथ
119
Shares

काठमाडौं । नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको बसमा गएराति तोडफोड भएको छ ।

भदौ १० गतेको बाढीका कारण विद्यालय भवन लगायतका भौतिक संरचना ध्वस्त छ । तर भौतिक सम्पत्तिका रुपमा जोगिएका दुई वटा बस मध्ये एउटा बसमा समेत गएराति तोडफोड गरी सीसा फुटाइएको प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिए ।

दवाडीका अनुसार उक्त बस विदुर नगरपालिका–९ कोलनीमा पार्किङ गरेर राखिएको थियो ।

‘त्रिभुवन त्रिशूली माविको भौतिक सम्पत्तिको रुपमा बचेका २ वटा बसमध्ये आज राति विदुर ९ कोलनी प्यास्टर एरियामा पार्किङ गरी राखेको बसमा ढुंगा हानेर यस्तो हालत बनाइएको छ । यस्तो अवस्थामा सुरक्षा सबैको दायित्व हो भनेर बुझौँ, धेरै रिस नगरौँ,’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रअ र शिक्षक–कर्मचारीहरुको सुझबुझले जोगिएको थियो विद्यार्थीको ज्यान

बाढी आउने दिन भदौ १० गते बिहानी कक्षा चलिरहेको थियो विद्यालयमा । प्रअ दवाडीका अनुसार कक्षा, ८,९ र १० का विद्यार्थीहरुका लागि कोचिङ कक्षा चलिरहेको र अन्य विद्यार्थीहरु कोही आइसकेको र कोही आउने क्रममा रहेका थिए । तर एक्कासी बाढी आएको सूचनापछि प्रअसहित विद्यालय कर्मचारीहरुको सुझबुझका कारण सबैको ज्यान जोगिन सफल भएको थियो । बाढी आउने समयमा ९५० हाहाराहारीमा विद्यार्थी विद्यालयमा नै रहेको र खबर पाउने बित्तिकै समन्वय गरेर विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लैजान सफल भएका थिए ।

बाढीका कारण विद्यालयको भौतिक संरुचना पूर्ण रुपमा क्षति पुगेको छ ।

बाढीले विद्यालयको सबै संरचना ध्वस्त ः भौतिक रुपमा बचेका बस पनि तोडफोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?