चितवन । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवलाई देवघाटको जंगलमा व्यवस्थापन गरिने भएको छ ।
चितवनमा अहिलेसम्म २२८ वटा शव फेला परेका छन् । तीमध्ये पाँचवटाको मात्र पहिचान खुलेको छ । पहिचान हुन नसकेका शव सड्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढेको भन्दै जिल्ला सुरक्षा समितिले शव व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकैको जंगलमा ठाउँ तयार गरिएको छ । सुरक्षाकर्मीको उपस्थितिमा दुईवटा डोजर प्रयोग गरी तीनवटा खाडल खनिएका छन् । प्रत्येक खाडल करिब १.५ मिटर गहिरो छ ।
खाडल खन्दा जंगलमा रहेका सालका रुखलाई सकेसम्म जोगाइएको छ । शवलाई व्यवस्थित रूपमा राखेर व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले बताए ।
उनका अनुसार पहिचान नखुलेका शवलाई विशेष ब्यागमा राखेर व्यवस्थापन गरिनेछ । शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया