काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित विभिन्न जलविद्युत आयोजनामा कार्यरत कर्मचारीको उद्धार कार्य तीव्र पारिएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबमा कार्यरतमध्ये सम्पर्कमा रहेका र उद्धारको प्रतीक्षामा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा ल्याउने काम भइरहेको छ ।
उद्धार गरिएका अधिकांश कर्मचारीलाई हेलिकप्टरमार्फत नुवाकोटको बट्टारमा सुरक्षित रूपमा अवतरण गराइएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण आयोजनाका केही क्षेत्रमा आवागमन तथा सम्पर्कमा कठिनाइ उत्पन्न भएपछि हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको हो ।
उद्धार कार्य अझै जारी रहेको प्राधिकरणले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया