काठमाडौं । बुधबार आएको बाढीका कारण रसुवासँग सडक सञ्जाल टुटेको छ ।
तर वैकल्पिक मार्गबाट काठमाडौं–टोखा–छहरे हुँदै पुनः रसुवासँग सडक सञ्जाल जोडिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड ४ चक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु भएको हो ।
सडकखण्ड सुचारु भएसँगै रसुवा सडक सञ्जालसँग पुनः जोडिएको उनले बताए ।
बुधबार बिहान आएको बाढीले नुवाकोट हुँदै रसुवा जाने छोटो मार्ग पूर्ण रुपमा विच्छेद भएको थियो । तर लामो रुटबाट भए पनि सडक सञ्जाल जोडिँदा राहत र उद्धारमा थप सहज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया