काठमाडौं । नेपालको बाढीपहिरो प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा राहत कार्यका लागि बेलायत सरकारले ५० लाख पाउण्ड सहयोग घोषणा गरेको छ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बेलायतले सहयोग घोषणा गरेको हो ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहामले आपत्कालीन सहयोगस्वरूप करिब ५० लाख पाउण्ड अर्थात् झण्डै ९६ करोड ८० लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।
उनले बाढीबाट भएको क्षति अत्यन्त ठूलो र हृदयविदारक रहेको उल्लेख गर्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सघाउन बेलायतले आपत्कालीन उद्धार टोली ९इमर्जेन्सी रेस्पोन्डर० पठाउने प्रस्तावसमेत गरेको जानकारी दिएका छन् ।
यसैबीच, बाढीका क्रममा केही बेलायती नागरिकसमेत बेपत्ता भएको आशंका गरिएको छ । प्रधानमन्त्री बर्नहामले बेपत्ता नागरिकका परिवारलाई कठिन परिस्थितिमा बेलायत सरकारका तर्फबाट सम्भव भएसम्म सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया