चितवन । रसुवाको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा लुछ्ने दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई भरतपुर–२ पोखरा बसपार्क क्षेत्रमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सोही भिडियोका आधारमा उनीहरूको पहिचान गरी आज दिउँसो पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया