काठमाडौं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाका जिरोङ (केरुङ) काउन्टीमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन् ।
स्थानीय अधिकारीहरूले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पहिरोमा परेका दुई जना स्थानीय बासिन्दालाई भने सकुशल उद्धार गरिएको छ ।
जिरोङ काउन्टीस्थित सीमा नाकामा बुधबार बिहान पहिरो गएको हो । आधिकारिक जानकारीअनुसार पहिरो नेपाली भू–भागबाट सुरु भएर सीमावर्ती नाका क्षेत्रमा ठोक्किएको थियो ।
बिहीबार बिहान ८ बजे आयोजित पत्रकार सम्मेलनमा स्थानीय अधिकारीहरूले घटनाबारे जानकारी दिँदै बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् ।
सिजाङको जिरोङ काउन्टी नेपालसँगको व्यापारिक दृष्टिले महत्वपूर्ण सीमा नाका हो । पहिरोका कारण सीमा क्षेत्रमा जनधनको क्षति हुनुका साथै नेपाल–चीनबीचको व्यापारिक आवागमनसमेत प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया