काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।
नाइमाले बुधबार विज्ञप्ति जारी गर्दै टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा बाढीका कारण ठूलो क्षति भएको जनाएको छ । बाढीले सडक, पुल, विद्युत् तथा सञ्चार संरचना, सवारीसाधन, बजार क्षेत्र, जलविद्युत् आयोजना, सरकारी तथा सुरक्षा निकायका संरचनामा क्षति पुर्याएको नाइमाले जनाएको छ ।
नाइमाले बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा अझै जोखिम हुन सक्ने भन्दै नाइमाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।
उसले सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न र सम्बन्धित निकायले जारी गरेका सूचना तथा निर्देशन पालना गर्न पनि अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया