सुजुकीको चाडपर्व अफर : नगद छुटदेखि निःशुल्क बिमासम्म

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले चाडपर्वलाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ ग्राहक योजना ल्याएको छ ।

ग्राहकलाई सुजुकी गाडीको स्वामित्व सहज र लाभदायक बनाउने उद्देश्यले ल्याइएको योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट र १ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउने कम्पनीले जनाएको छ ।

यस्तै, योजनामा निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस (आवधिक मर्मतसम्भार) पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमा समेत उपलब्ध गराइनेछ ।

कम्पनीका अनुसार योजनाअन्तर्गत उपलब्ध सुविधाहरू गाडीको मोडेलअनुसार फरक हुनेछन् । यी सुविधा देशभर रहेका सुजुकीका सबै शोरुमबाट प्राप्त गर्न सकिनेछ ।

‘सुजुकी पर्वोत्सव’ योजनामा अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ईभिटारा सिरिजसहित सुजुकीको सम्पूर्ण गाडी लाइनअप समेटिएको छ ।

कम्पनीले यो योजना २०८३ साउन २७ गतेदेखि मंसिर १५ गतेसम्म (१२ अगस्ट २०२६ देखि १ डिसेम्बर २०२६) सञ्चालन गर्ने जनाएको छ ।

कम्पनीका अनुसार योजनाले चाडपर्वको समयमा ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउनुका साथै बिक्रीपश्चात् सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?