पोखरा । आज मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । यो निर्णयसँगै एमालेका सबै चारै जना मन्त्री सरकारबाट बाहिरिने छन् ।
गण्डकीमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, भीमबहादुर कार्कीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, यशोदा रिमालले उद्योग तथा पर्यटन र लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका छन् ।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले नैतिकता आधारमा राजीनामा दिन आग्रह गरेपछि एमाले संसदीय बोर्ड बोर्डले सो निर्णय गरेको हो ।
गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । दोस्रो ठूलो दल एमाले छ ।
हाल गण्डकीमा मुख्यमन्त्रीसहित नौ सदस्यीय मन्त्रिमण्डल छ । मुख्यमन्त्री पाण्डेले पछिल्लो समय गत २ वैशाखमा मन्त्रिमण्डल हेरफेर गरेका थिए । उनले आफ्नो पार्टी नेपाली कांग्रेस र एमालेका सबै मन्त्री हेरफेर गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मनाङ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनांगे) माथि ज्यान मार्ने मुद्दामा दोषी ठहरपछि कारागार चलान भएका थिए । सबैभन्दा ठूलो दल कांग्रेसको २७, एमालेको २२, नेकपाको ७ (सभामुखसहित), राप्रपा २, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) १ सिट छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया