काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ थियो ।
यसअनुसार एक दिनमा चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया