काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा झरेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता शेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा खरिद–बिक्री भएको छ । गत शुक्रबार १ करोड कित्ता शेयर ४ अर्ब १६ करोड ७१ लाख रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार १३ वटै उपसूचक घटेका छन् । हाइड्रोपावर समूह सर्वाधिक १।१९ प्रतिशत र निर्जीवन बीमा समूह १.१२ प्रतिशतले घटेका छन् ।
आज २२९ कम्पनीको शेयर मूल्य घट्दा ४७ कम्पनीको बढेको छ भने २ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।
बढ्ने कम्पनीतर्फ सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको शेयर मूल्य १४.९९ प्रतिशत र धौलागिरी लघुवित्तको ११।९८ प्रतिशतले बढेको छ। यता पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ९।८३ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया