काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध भएको छ ।
आइतबार बेलुका करिब ७ः४५ बजे पहिरो खसेपछि राजमार्गको एक लेन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको छ । सडकमा खसेको पहिरो पन्छाएर यातायात सहज बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम जारी रहेकाले उक्त सडकखण्डमा सवारीसाधन चलाउँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया