कांग्रेस महाधिवेशन कार्यतालिका सार्वजनिक, भदौ २४ गते गाउँ–नगरको वडा अधिवेशन

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार भदौ २४ गतेदेखि महाधिवेशनका लागि अधिवेशनहरु हुनेछन् ।

सार्वजनिक कार्यतालिकाअनुसार गाउँ–नगरको वडा अधिवेशन भदौ २४ गते हुँदा गाउँ–नगर अधिवेशन भदौ २७ र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते हुने भएको छ ।

यस्तै असोज १ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन हुनेछ ।

असोज ७ गते जिल्ला अधिवेशन, असोज १९ गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?