काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आज (सोमबार) देखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।
सरकारले आफ्ना विभिन्न मागप्रति चासो नदेखाएको भन्दै संघले म्यानपावर कम्पनी बन्द गर्ने निर्णय गरेको हो । कम्पनी बन्द भएसँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया पनि रोकिएको संघले जनाएको छ ।
यसअघि संघले आन्दोलनका क्रममा पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन र भिसा स्ट्याम्पिङलगायतका काम रोकिसकेको थियो।
श्रम स्वीकृति लिइसकेका श्रमिकलाई विदेश पठाउन दिइएको समयसीमा पनि सकिएपछि संघले अब म्यानपावर कम्पनीको सम्पूर्ण काम–कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
संघका अनुसार माग पूरा गर्न सरकारले ठोस पहल नगरेसम्म म्यानपावर कम्पनी बन्द रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया