भोलि बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने

लोकपथ
7
Shares

काठमाडौं । ललितपुरका अधिकांश क्षेत्रमा भोलि बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार पाटन सबस्टेशनको ६६ केभी बसबार मर्मतसम्भार गर्नुपर्ने भएकाले भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिने भएको हो ।

मर्मतसम्भारका क्रममा पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति हुँदै आएका ललितपुरका अधिकांश क्षेत्रमा सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले निर्धारित समयभित्र मर्मतसम्भारको काम सम्पन्न गरी विद्युत् आपूर्ति नियमित गर्ने जनाएको छ । सेवा बन्द हुने अवधिमा उपभोक्तालाई आवश्यक तयारी गर्नसमेत आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?