कर्णाली । पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा सुर्खेतमा एक पुरुष पक्राउ परेका छन् ।
भेरीगङ्गा नगरपालिका–१३ रामघाटका ४९ वर्षीय जयबहादुर रानालाई आफ्नी ५० वर्षीया पत्नी महेश्वरी रानाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
मङ्गलबार बेलुका करिब ५ बजे जयबहादुरले पेट्रोल छर्केर आगो लगाएपछि १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन् ।
आगो निभाएपछि महेश्वरीलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत लगिएको थियो । उनको अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
महेश्वरीलाई थप उपचारका लागि मंगलबार नेपालगन्ज रेफर गरिएको थियो । त्यहाँ उपचार सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया