सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

लोकपथ
42
Shares

काठमाडौं । विशेष अदालतले व्यवसायी एवं हिमालयन रि–इन्सुरेन्स कम्पनी लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा मंगलबार विशेष अदालतका न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले एक करोड धरौटी माग गरेको हो ।

आज भएको थुनछेक बहसपछि करोड धरौटी माग गरिएको हो । त्यसो त गोल्छा यसअघि पनि एक करोड धरौटी बुझाएर रिहा भएका थिए ।

गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख गरी एक करोड धरौटी माग गरेको थियो ।

गोल्छाले हिमालयन रि–इन्सुरेन्सको अध्यक्ष रहँदा संस्थाको २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ र व्यक्तिगत ५२ करोड ५० लाख रुपैयाँ अवैध रूपमा सेयर बजारमा परिचालन गरेको आरोप अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी उनले ब्रोकर नम्बर ५५ मार्फत बिचौलिया दीपक भट्ट र अन्य व्यक्तिहरूको नाममा शेयर खरिद गरी बजारमा कृत्रिम मूल्यवृद्धि गराएको र गैरकानूनी लाभ लिएको दाबी सरकारी पक्षले गरेको छ ।

यस्तो छ आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?