तोलामा फेरि ३ लाख कट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
203
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ हजार ८ रुपैयाँले बढेको हो ।

अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेर ३ लाख एक हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार ५८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६५ रुपैयाँले बढेर ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?