सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
नेकपाबाट मुख्यमन्त्री बनेका शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको जिकिर गरे । उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबीसमेत गरे ।
सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल एमाले र नेकपा अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनको भनाइ छ ।
मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएको उनले बताए ।
एमालेको समर्थनमा उनी यही साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया