कांग्रेस एकढिक्का बनाउँछौँ, पार्टीको आत्मा र पहिचान मर्न दिँदैनौँ : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि राजनीति गर्न सधैँ सत्ता र शक्ति आवश्यक नपर्ने बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि काम गर्न सकिने बताएका हुन् ।

उनले सत्ता र शक्ति राजनीति गर्ने लक्ष्य नभई माध्यम मात्र भएको बताए । ‘सत्ता र शक्ति लक्ष्य होइन, केवल साधन र माध्यम हो,‘उनले भने ।

थापाले पार्टीभित्रका असमझदारी समाधान गरेर कांग्रेसलाई एकढिक्का बनाउने पनि बताए । तर, पार्टीको आत्मा र पहिचान नमारेर एकता कायम गर्नुपर्ने उनको भनाइ थियो ।

उनले कार्यकर्ताले आफू कांग्रेसको कार्यकर्ता हुँ भनेर गर्व गर्न सक्ने पार्टी बनाउनुपर्ने बताए ।

सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीका पछिल्ला विषयमा आवश्यक निर्णय गरिने जानकारी दिए ।

उनका अनुसार बैठक दुई–तीन दिन चल्नेछ र बैठक सकिएलगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?