कांग्रेस बलियो भए मात्रै लोकतन्त्र सुरक्षित हुन्छ : प्रदीप पौडेल

लोकपथ
14
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई विधि, प्रक्रिया र पद्धतिअनुसार सञ्चालन गर्दै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएका अवरोध र अन्योललाई चिर्दै कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

महामन्त्री पौडेलले पार्टीका सबै निर्णय विधिसम्मत र प्रक्रियाअनुसार हुनुपर्ने उल्लेख गर्दै विशेष महाधिवेशनको विषयमा कानुनी रूपमा आफूहरू स्पष्ट र तयार रहेको बताए । उनले प्रक्रियागत जटिलताका कारण कार्यकर्ताहरू निरुत्साहित हुन नहुने र निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे ।

उनले निर्णयप्रति असहमति नभए पनि निर्णय गर्ने क्रममा विधि र प्रक्रिया पालना गरिएको छ वा छैन भन्ने विषय महत्त्वपूर्ण हुने बताए । राज्यका सबै तहबाट अघि बढिसकेको प्रक्रियाबाट अब पछाडि फर्किन नसकिने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले लोकतन्त्रको रक्षा गर्न नेपाली कांग्रेस बलियो हुनु अपरिहार्य रहेको उल्लेख गर्दै पार्टीलाई थप एकीकृत र संगठित बनाउन नेतृत्वलाई सहयोग गर्न सबै नेता तथा कार्यकर्तालाई आह्वान गरे ।

उनले संगठन विस्तार र पार्टीलाई नयाँ राजनीतिक उचाइमा पुर्‍याउन उत्साहका साथ लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?