काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
केही समयअघि आफू स्वदेश फर्किने सन्देश दिएका देउवा साउन २६ गते राति ९ः४५ बजे नेपाल आइपुग्नेछन् ।
गत फागुन १४ गते स्वास्थ्य उपचारको लागि सिंगापुरतर्फ लागेका थिए । त्यसपछि चैतको पहिलो साता हङकङ पुगेका देउवा त्यहीँबाट स्वदेश फर्किन लागेका हुन् ।
परिवारको साथ हङकङमा रहे पनि अहिले भने देउवा एक्लै फर्किन लागेका हुन् ।
देउवा लामो समय देश बाहिर रहे पनि कांग्रेसका संस्थापन इतरका नेताहरुसँग निरन्तर संवादमा रहेको बताइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया