काठमाडौं । ललितपुरको ग्वार्कोमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस बिहीबार बिहान करिब साढे १० बजेतिर फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा बसमा यात्रा गरिरहेकी करिब ४० वर्षकी यात्रुको मृत्यु भएको छ । उनको पहिचान खुलिसकेको छैन ।
दुर्घटनामा घाइते भएका ६ जनालाई बीएण्डबी अस्पतालमा लगिएको छ । घाइतेमध्ये २ जना पुरुष र ४ जना महिला छन् ।
तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया