पौष मसान्तसम्म पुरानो बक्यौता तिरे जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

लोकपथ
7
Shares

काठमाडौं । नेपाल टेलिकमले पुरानो बक्यौता रकम तिर्ने ग्राहकलाई जरिवानामा छुट दिने भएको छ ।

टेलिकमका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी रकम २०८३ साल पुस मसान्तभित्र बुझाउने ग्राहकले जरिवाना तिर्नुपर्ने छैन । कम्पनीले बक्यौता रकम बुझाएमा लाग्ने सबै जरिवाना छुट गर्ने जनाएको छ ।

टेलिकमले यो सुविधा लिन ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र बक्यौता नतिर्ने ग्राहकको विवरण सार्वजनिक गरी कानुनअनुसार रकम असुल गर्ने प्रक्रिया अघि बढाइने टेलिकमले चेतावनी दिएको छ ।

टेलिकमले सबै ग्राहकलाई समयमै बक्यौता तिरेर जरिवाना छुटको सुविधा लिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?