काठमाडौं । रोल्पा जिल्लाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर आज बिहान ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । यसको धक्का रोल्पा तथा आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट मानवीय वा भौतिक क्षति भएको कुनै आधिकारिक विवरण हालसम्म प्राप्त भएको छैन । सम्बन्धित निकायले क्षतिको अवस्था बुझ्ने काम जारी राखेका छन् ।
नेपाल भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा पर्ने भएकाले साना तथा मध्यम खालका भूकम्पहरू समय–समयमा आइरहने गरेका छन् ।
विज्ञहरूले भूकम्पपछि सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया