कुवेत आक्रमणमा निधन भएका नेपालीको पार्थिव शरीर स्वदेश ल्याइँदै

लोकपथ
245
Shares

काठमाडौं । उत्तरी कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिक सोमकुमार तामाङको पार्थिव शरीर आज नेपाल ल्याइँदै छ ।

तेह्रथुम निवासी तामाङको शव कुवेत एयरवेजमार्फत स्वदेश ल्याउने तयारी गरिएको हो । गत बिहीबार उत्तरी कुवेतमा भएको आक्रमणमा परी उनको निधन भएको थियो ।

यस दुःखद घटनाप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी तामाङको पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र यस्ता घटनामा आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायमार्फत पहल भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?