जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
जनकपुरधाममा आयोजित सद्भाव र्याली सम्पन्न भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो ।
प्रदर्शनका क्रममा सहभागीहरूले सुनसरी र सिरहाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।
उनीहरूले समाजमा शान्ति, सुरक्षा तथा साम्प्रदायिक सद्भाव कायम राख्न राज्य संयन्त्र थप संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । साथै, पीडितलाई न्याय सुनिश्चित गर्दै अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।
प्रदर्शनमा सहभागी युवाहरूले विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट मात्रै शान्तिपूर्ण समाज निर्माण सम्भव हुने उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया