काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरे ।
कोही प्रदेश अन्तर्गतको सुनसरी हुँदै तराईका जिल्लामा समेत धार्मिक दंगा फैलिन थालेपछि प्रधानमन्त्री बालेनले मधेशवादी दलका नेताहरुसँग भेटघाट गरेका हुन् ।
शुक्रबार भएको छलफलपछि अहिले देखिएको समस्या समाधान गर्ने र आगामी दिनमा समेत त्यस्ता गतिवधि हुन नदिन प्रतिवद्धता जनाएको नेताहरुले बताएका छन् ।
मधेशवादी दलका नेताहरुको ठूलो चासो संघीयताप्रति प्रधानमन्त्रीको के धारणा छ ? भन्नेमा केन्द्रित थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफलपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री बालेनले आफू संघीयता विरोधी नभएको स्पष्ट पारे ।
बालेनले आफू मेयर हुँदा गरेको कामलाई स्पष्टीकरण दिँदै संघीयतालाई थप बलियो बनाउनेमा आफ्नो ध्यान रहेको बताए ।
‘संघीयता विरोधी भनेर सपनामा पनि नसोच्नुहोला । संघीयतालाई बलियो बनाउने हो । संरचनामा परिवर्तन ल्याउन कुरा थियो तर सन्देश गलत गयो । त्यसलाई सुधार्नुपर्छ । तर म संघीयता विरोधी होइन,’ प्रधानमन्त्रीको भनाइ उद्दृत गर्दै महतोले भने, ‘संघीयतामा प्राप्त अधिकार प्रयोग गर्नुपर्छ । मेयर हुँदा मैले पनि आफ्नो अधिकार प्रयोग गरेको थिएँ । तपाईंहरू ढुक्क हुनुस् संघीयतामाथि कुनै खतरा हुँदैन ।’
त्यस्तै महतोसहितका नेताहरुले हालै चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा संघीयता नराख्ने प्रस्ताव पारित भएकोतर्फ जिज्ञासा राखेका थिए ।
त्यसबारे जवाफ दिँदै बालेनले नेताहरुलाई थप आश्वस्त बनाएका हुन् ।
त्यसो त नेताहरुले सरकारको तर्फबाट कोशीदेखि मधेशसम्म सरकारले समयमा नै चासो देखाउन नचाहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया