विराटनगरमा गृहमन्त्री गुरुङ

लोकपथ
280
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगेका छन् ।

आइतबारदेखि सुनसरीमा दुई पक्षबिच भइरहेको तनावले उग्र रुप लिएपछि गृहमन्त्री गुरुङ बिहीबार (आज) त्यसतर्फ लागेका हुन् ।

बिहीबार साँझ गृहमन्त्री गुरुङ विराटनगर पुगेको र सुनसरी घटनाका घाइतेहरुलाई भेट्न अस्पताल जाने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै आजै सुनसरी घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई भेट्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

‘गृहमन्त्री सुदन गुरुङ विराटनगर पुग्नुभएको छ। उहाँ अब सिधै सुनसरी देवानगञ्ज घटनाका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पतालतर्फ जाँदै हुनुहुन्छ। साथै, घटनामा ज्यान गुमाएकाका परिवारजनसँग भेटेर समवेदना व्यक्त गर्ने तथा घटनाबारे जानकारी लिने कार्यक्रम रहेको छ,’ सचिवालयले भनेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ सँग भेटघाटपछि गुरुङ त्यसतर्फ लागेका हुन् ।

सुनसरीमा केही दिनदेखि तनाव बढ्दै जाँदा त्यसको असर तराईका जिल्लाहरुमा समेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?