काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् ।
सुनसरी लगायतका जिल्लामा भइरहेको दुइ पक्षबिचको विवादको असर तराइका जिल्लामा समेत देखिन थालेपछि पूर्वराजा ज्ञानेन्द्रले सद्भाव कायम राख्न आग्रह गरेका हुन् ।
सुनसरीबाट फैलिएको द्वन्द्वले कोशी र तराईमा समेत असर देखिएकोप्रति दुःख लागेको उल्लेख गरेका छन् ।
संवाद सचिवालय मार्फत् जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘केही दिन अगाडी सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराईका विभिन्न भू–भागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ । समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रुपमा सुपरिचित नेपालमा यस प्रकारका अवान्चित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो,’ वक्तव्यमा भनिएको छ, ‘यो हाम्रो मौलिक मूल्य र मान्यता विपरितको विषय हो । त्यसैले जुनसुकै भू–भागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ । यही आजको आवश्यक्ता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया