१४ दिनपछि आज बस्दै प्रतिनिधिसभा बैठक, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेस हुने

लोकपथ
154
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । १४ दिनपछि बस्न लागेको बैठकमा अर्थसम्बन्धी विधेयकसहित शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै, सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

प्रतिनिधिसभाको पछिल्लो बैठक असार ३१ गते बसेको थियो । त्यसयता १४ दिनपछि आज पुनः बैठक बस्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?