काठमाडौं । कपिलवस्तुमा बुधबार ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ ।
ना५ख २३६४ नम्बरको ट्रकले बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डस्थित महाराजगञ्ज नगरपालिका–२ गैडहवाको सडक किनारमा पार्किङ गरी राखिएका मोटरसाइकल र साइकललाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
दुर्घटनामा महाराजगन्ज नगरपालिका–३ गनौरियाका ४५ वर्षीय विजयकुमार गुप्ता, महाराजगन्ज नगरपालिका–२ गैडहवाका १२ वर्षीय आनन्द कश्यप र सोही स्थानका ७५ वर्षीय भोल्लर कुर्मीको मृत्यु भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले ठक्कर दिने ट्रक र त्यसका चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया