जुस पसल, मिठाइ भण्डारदेखि खाजा घरसम्म अनुगमन, कैफियत देखिएपछि कारबाही

लोकपथ
63
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंको चन्द्रागिरी नगरपालिकाभित्र सञ्चालित विभिन्न खाद्य व्यवसायहरुमा अनुगमन गरेको छ ।

जनगुनासोपछि ११ वटा खाद्य व्यवसायहरुमा अनुगमन र आवश्यक कारबाही गरिएको हो ।

जसमा जुस पसल, मिठाइ भण्डार, खाजा घर लगायतका व्यवसायमा कैफियत देखिएपछि कारबाही गरिएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

उनका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं १२ मा रहेको महालक्ष्मी फलफूल तथा फ्रेस जुस पसलमा अनुगमन गर्दा लेबल विवरण पूर्ण नभएको खाद्य पदार्थ भेटिएको थियो । विभागले उक्त फलफूल पसललाई पूर्ण लेबल विवरण नभएका खाद्य पदाथ फिर्ता गर्न भनेको छ ।

कृतिम खाद्य रंगको प्रयोग र सरसफाइमा ध्यान नदिएको बलम्बु स्वीट्समा पनि विभागले अनुगमन गरेको थियो ।

विभागले कृतिम खाद्य रंग तोकिएको मात्रामा प्रयोग गर्न र सरसफाइमा ध्यान दिन भनेको प्रवक्ता शर्माले बताइन् ।

चन्द्रागिरी नगरपालिका–१२ मा रहेको एसके किराना पसलमा अनुगमन गर्दा पसल दर्ता नै नगरी चलाइएको पाइएको विभागले जनाएको छ । आवश्यक सरसफाइ नभएको र दर्ता प्रक्रिया नै पूरा नभएको पाइएपछि सरसफाइमा ध्यान दिन र दर्ता प्रक्रिया पूरा गर्न समेत विभागले निर्देशन दिएको छ ।

यी हुन् विभागको अनुगमन र कारबाही गरिएका व्यवसाय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?