आज देशका केही जिल्लामा बाढीको जोखिम, नदीको बहाव बढ्ने अनुमान

लोकपथ
28
Shares

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा आज आकस्मिक बाढीको जोखिम बढ्ने भएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने सम्भावना छ ।

यी जिल्लामा अचानक बाढी आउन सक्ने मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । त्यसैले नदी किनार र जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यस्तै नारायणी, कर्णाली र महाकालीजस्ता ठूला नदीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ । वर्षा जारी रहेमा जोखिम अझ बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?